हेडलाईनसमाचारबागमती

कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्री हटाउने प्रधानमन्त्री ‘दाहाल’को संकेत

प्रहार समाचार । काठमाडौं, पुस १० मंगलबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्री हटाउने प्रस्ट संकेत गरेका छन् ।

सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले काम गर्न नसक्दा ठाउँ ओगटिरहन नमिल्ने बताएका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले भने  –  नेपाली समाजमा अत्यन्त चिन्ताजनकरूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाउँदै गरेको देखिरहेको छु । सकिँदैन, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले समाजमा जरा गाडेको छ,’ प्रधानमन्त्रीले भने, ‘एकथरिले नियोजित रूपमै नकारात्मकतालाई मलजल गरिरहेका छन् ।’
‘जनतालाई साक्षी राखेर मन्त्रीहरूलाई भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । हामी आफ्नो भूमिकामाथि न्याय गर्नुपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि ठाउँ ओगटिरहनुहुँदैन, छाडिदिनुपर्छ,’ प्रधानमन्त्रीले भने ।उनले आफ्नो हकमा पनि यो कुरा लागू हुने बताए ।

यो अरूलाई दिएको उपदेश मात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरुरी छैन ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button