प्रहार समाचार । तनहुँ चैत ३ शनिवार । तनहुँ क्षेत्र नं १ का संघिय सांसद डा स्वर्णिम वाग्लेले तस्कर र भ्रष्टहरु भागाभाग हुन थालेको बताएका छन्।
सांसद डा स्वर्णिम वाग्ले तनहुँ सचिवालयको आफ्नो आधिकारिक फेसबुक मार्फत उनले आज उक्त कुरा बताएका हुन्। उनले अगाडी भनेका छन् – ‘काम गर्न आएका हौँ — बिगार्न, तोड्न, भत्काउन, उखेल्न आएका होइनौं — काम गर्न नसकेको दिन हामी सरकार छोड्छौं।
सुन तस्करी सम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिनेछ। अघिल्लो सरकारले पन्छाएको CIB को प्रमुखमा श्याम ज्ञवाली फिर्ता भएका छन्, दिपेश पुन पक्राउ परिसके, अन्य धेरै ‘ठुलाबडा’ अब कानूनी फन्दामा पर्नेछन्। मिटर ब्याज, लघुवित्त, आरती साहसँग सम्बन्धित आन्दोलनहरु स्थगित भएका छन्। सोमबार सरकारको ‘न्यूनतम साझा संकल्प’ सार्वजनिक हुनेछ।