प्रहार समाचार । काठमाडौँ, जेठ ९ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया दोहोरो नागरिकता प्रकरणमा पक्राउ
अध्यक्ष कैलाश सिरोहिया दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गर्नुको ६ कारण सार्वजनिक गरेको छ । अनुसन्धान अधिकृत नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर निजले नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु रोसीको नाउँमा जारी भएको देखिएको उल्लेख गरेका छन् ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय, धनुषाको च.नं. १३२१३, मिति २०८१–०१–२० को पत्र अनुसार प्राप्त जबाफमा ०३३–३४ को बालिग रेकर्डमा विदेशी बाबु– आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया)को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको उल्लेख छ ।
अध्यक्ष सिरोहियाले नव तानाशाह गृहमन्त्री रवि लामिछानेले प्रतिशोधका कारण आफूलाई पकाउ गरेको आरोप लगाउँदै स्वतन्त्र प्रेस माथिको उपाहास भएको प्रतिक्रिया दिंदै अन्तिम सम्म कानुनी लडाई लड्ने बताए ।