प्रहार समाचार । काठमाडौं, कार्तिक २६ आइतबार । काठमाडौं महानगरका मेयर बालेन साहले स्वदेशमा नै उत्पादन भएका फूलको प्रबर्धन गर्ने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा फूल विक्रीका लागि खुल्ला गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी गराएका छन्। उनि लेख्छन् – “हामी काठमाडौ महानगर ,नेपाल फ्लोरीकल्चयर एसोसिएसन , नेपाल चेम्बर अफ कमर्सले सयुक्त रुपमा काठमाडौको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको छौ ।
नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ ।
अबको ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह गरेको छौ ।
तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि हामीले अवरोध गर्ने छैनौ भने महानगर नेपाल फ्लोरीकल्चयर एसोसिएसन र चेम्बर अफ कमर्शको सयुक्त टोलिले अनुगमन गर्ने छौ।” मेयर बालेनले
अन्य जानकारीको लागि सम्पर्क
9851051610 नम्बरमा फोन समेत गर्न भनेका छन् ।