गण्डकीसाहित्य

कविता  : यो समय

आफैले
आफैलाई
गोडमेल गर्दा गर्दै !
आफैबाट
आफू नै उखेलिए पछि
मैले आफैलाई
कहाँ लगेर सार्नु ?
स्नेह
माया

आत्मविश्वास बोकेर
मैले आफूलाई रोपेको हुँ,
हुर्काएको हुँ ।
आजकल बगैचामा
एकाएक
ऐंजेरु मौलाउन थालेपछि

आफैलाई खोज्न
कहाँ जाँउ ?
अ आफैले
आफैलाई उखेलेर
कहाँ लगेर
स्थापित गरुँ ?

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button