राखेर नाै मास त पेट भित्र
पैदा गर्याै कष्ट खपी बिछट्ट
सानो छँदा नित्य सुधा पिलायाै
काेखाइ काेखाइ भनी खिलायाै।।
लाेरी सुनायाै निद निम्ति राती
हिँड्थे म तिम्रै फरिया समाती
आमा तिमी ताकत आँट मेरो
टाढा हुँदा लाग्छ जगत् अँधेराे।।
ए बाबु! थाेरै अब यत्ति खाऊ
बेला गयाे लाै अब सुत्न जाऊ
भन्दै सदा त्यो ममता जतायाै
भाेगी सयाैँ दुक्ख ठुलो बनायाै।।
भारा कसाेरी दुधको तिरूँ खै!
तिम्रो भलो खातिर के गरूँ खै!
हाँसे तिमी याे मन हाइसन्च
राेयाै भने बाँच्नु निरर्थ हुन्छ।।
अर्को जुनी जन्म लिए धरामा
जन्मूँ म त्यै काेख बसेर आमा
आमा म प्यारो सुत रक्त तिम्रो
देवी तिमी हाै खुद प्राण मेरो।।
– म्याग्दे ३ , तनहुँ ।