हे बाबु तिम्रो खुब याद आयाे
आँखा रसाए भयले सतायो
बस्छाै कि खप्दै निद भाेक कष्ट
व्यथा समस्या भन है खुलस्त ।।
राती छिटै सुत्नु सबेर उठ्नु
सफाइ भ्याई प्रभु नाम जप्नु
आराेग्य सन्तुष्ट खुसी भएर
पढ्ने गरे है मनमा लिएर ।।
खाना सधैँ पाेषणयुक्त खानु
गन्दा निचा ठाउँ कतै नजानु
सम्पूर्णमा आदर प्रेम गर्नु
निकृष्टका सङ्गतमा नपर्नु ।।
घमन्ड ईर्ष्या रिस लाेभ त्याग्नु
पर्लान् समस्या कहिल्यै नडग्नु
सन्तृप्त ज्ञानी सुर धीर बन्नु
संस्कार कर्तब्य स्वधर्म थाम्नु ।।
सँगी र साथी जहिल्यै मिलेर
खाने गरे जे छ खुसी बनेर
जाे मित्र तिम्रा दुखमा रहन्छन्
आमा बुबा बन्धु सरी तिनै हून् ।।
नाैला नयाँ काैशल शिल्प जान्नु
आफू सधैँ अब्बल याेग्य ठान्नु
बेला छँदैमा गृहकार्य सक्नु
बनेर जाेधा कहिल्यै नथाक्नु ।।
सक्दाे सबै ज्ञान खुबी बटुल्नु
याे जन्मिएको धरती नभुल्नु
छँदै दह्रो ताकत पाखुरामा
फिर्ता हुने साेच्नु यही धरामा ।।
बारी बगैँचा घर गाेठ आँटी
झर्ना कुलेसा खलियान ठाँटी
माेही ढिँडाे गुन्द्रुक वा मस्याैरा
नभूल्नु टाेपी सुरुवाल दाैरा ।।
टाढा गयाै पुत्र सधैँ छ याद
छ है झझल्को मनमा अगाध
नाैला नयाँ ज्ञान सिकेर आऊ
आमा र याे देश दुबै हँसाऊ ।।
• म्याग्दे ३ तनहुँ ।