मुटुमा परेको गाँठो फुस्कन्न कहिलै पनि
भोगेका पिडा नै सम्झी मर्दैन कहिलै पनि
भावमा डुबेको मानिस् जादैन बगेर पनि
श्रममा बाँचेको मानिस् उभिन्छ सतिसाल् बनि।।
हल्लाए कतिले उसलाई झरेन कहिले पनि
बसेका टिपेर खान पाएनन् कसैले पनि
रुख नै ढालेर खान्छु दुस्साहस् नगर भनि
कराछन् कतिले हेर सुन्दैनौ अधमै बनि।।
लेखेको पत्र पढदैनन् सत्य नै लेखेर पनि
दु:खले आर्जेको धन नखोस दुष्टले पनि
नगर कसैको आशा बन्दैनौ कसै नै धनी
खौरन्छौ कति नै कपाल् हुँदैन मसिनो पनि।।
बनायौ कति नै आफ्नो दिएर सकिदा पनि
बनेन् ती! कहिले टेका दु:खमा तैरदा पनि
नतान अरुको खुट्टा लड्न सक्छौ तिमी पनि
बल र धनको मातमा नटेक कहिले पनि।।
• तनहुँ