कसैले देशको बारेमा लेख्छन्
कसैले राजनिती बारेमा लेख्छन्
कसैले हसाउने बारेमा लेख्छन्
कसैले रुवाउने बारेमा लेख्छन्
त्यसरी नै मैले आखाको बारेमा लेखे
ओठको बारेमा लेखे,
उनिहरु आखामा आगो लेख्छन्
म आखामा नशा लेख्छु
उनिहरु सुकेका ओठमा लेख्छन्
म रसिला कोमल ओठ लेख्छु
म योवन र प्यास् का कुरा लेख्छु
स्त्री र पुरुषको बारेमा लेख्छु।
तर थाहा छ
उनिहरुले राजनीति भ्रष्टाचार नेता मन्त्री को बारेमा लेख्छन्
त्यहा तपाई वाह भन्नू हुन्छ
तर मैले हाम्रै कुरा जुन व्यक्त गर्न नसकेका कुरा लेख्छु
जुन पढ्दा कतिलाई राम्रो लाग्छ
कतिलाई नराम्रो
किनकि अरुको बारेमा हामी सुन्न सक्छौ
तर आफ्नै बारेमा भएका कुराको सामना गर्न सक्दैनौं।
मलाई जतिसक्नु हुन्छ बिरोध गर्नुस्
तर म पछाडि हट्ने छैन।
बल्ल त सुरु गर्दैछु हेर्दै जाउ बिरोधि तिमीहरु
टाउको लेख्छु टाउको भित्रको बुद्धि लेख्छु
अनि बुद्धि भित्रको गोबर लेख्छु।
समाप्त