आमा सपना बुन्छिन !
हिउदमा घाम ताप्दै !
आगनमा गुन्द्रीको तानमा
पराल केलाएर !
र
तानहरुमा घुसाउछिन पराल
सुन्दर चकटी बनाउछिन !
अनि गुन्द्रीहरु बनाउछिन
र
कहिलेकाही
थकाइ लागेको बेला
तिनै चकटिमा बस्ने गर्छिन !
गुन्द्री बुन्ने तानमा ।
जिबन बुन्न खोज्दछिन !
उस्तै उस्तै !
दुबै तानहरु !!
झस्कन्छिन।
औंला भाच्दै हिसाब् लगाउछिन।
छोरा छोरी अनि !!
मुग्लानिएको लाहुरे ?
बर्सौउ भो फर्केको छैन !
ति नाबालक सन्तान ?
कसरी हुर्केर ठुला भए ?
न खबर छ ?
न पेन्सन छ ?
आफ्नै दु:खमा जिबन बेचैन छ।
जसरी घाम ,पानी र हिउँबाट
यो खरको झुपडी
खण्डहर बाचेको छ
आमाको सपना जस्तै !
गुन्द्रीको तान जस्तै !
अस्ताउन लागेको
हिउँद्को घाम जस्तै ।।