हेडलाईनसमाचारसबै प्रदेश

कतारका राजा थानी  आज नेपाल आउँदै : राष्ट्रपति  पौडेलद्वारा स्वागत गरिने

प्रहार समाचार । काठमाडौं, बैशाख ११ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज (मंगलबार) नेपाल आउँदै छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।​राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने छन् । 

कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । कतारका अमिर थानी मंगलबार बंगलादेशको ढाका हुँदै दिउँसो  ४ : ३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम  रहेको छ ।कतारी राजा थानी नेतृत्वको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्नेछ । सेनाका बलाधिकृत रथीको संयोजकत्वमा एकीकृत सुरक्षा समिति गठन गरेर सुरक्षा तैनाथीको व्यवस्थापन मिलाइएको छ ।निजी जहाजमा नेपाल आउन लागेका राजा थानीसँगै ६ जनाभन्दा बढी मन्त्रीहरू पनि सहभागी हुनेछन् । उनी सोल्टी होटलमा बस्ने तय भएको उच्च स्रोतले बतायो ।

उनले मंगलवार राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् । उनी विमानस्थलमा ओर्लिएदेखि भीभीआईपी भेटवार्ता हुँदै होटल तथा सवारी रुटसम्म सेनाले सुरक्षाको व्यवस्थापन मिलाएको गर्नेछ । सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए ।

 

कतारी राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने बुधवार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको स्रोतले जानकारी दियो । उनी बुधवारै साँझ स्वदेश फर्कने छन् । राजकीय भ्रमण भएकाले सवारी अवधिभर सडक खाली गराइने एआईजी दीपक थापाले जानकारी दिए । राजकीय भ्रमण हुँदा सेनाले नै सुरक्षाको नेतृत्व लिने चलन छ । सरकारले उनको नेपालका अवसरमा आज नेपालभर सार्वजनिक बिदासमेत दिएको छ । 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button