प्रहार समाचार । काठमाडौ २८ असार २०८१ शुक्रबार ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आजै रातारात प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ ।
राष्ट्रपति भवन शीतल निवास स्रोतका अनुसार कांग्रेस र एमालेका नेताहरु संविधानको धारा ७६(२) अनुसार आज शुक्रबार राति ९ बजे प्रधानमन्त्रीमा दाबी पेश गर्न पुगेका छन् । यी दलहर रात रहे अबरख पलाउछ भन्ने सोचेर रातारात राष्ट्रपति कार्यरालय पुगेका छन् । राष्ट्रपति कार्यालयमा विधिवत रुपमा दाबी पेश भएपछि आवश्यक निर्णय गरेर आजै ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी भएको विश्वस्त श्रोतले बतायो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका थिए । राष्ट्रपतिले अर्को सरकार नबने सम्म प्रचण्ड नेतृत्वको सरकारलाई नै काम चलाउ सरकार चलाउन आदेश दिएका छन्। यस अघि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । – र