प्रहार समाचार । तनहुँ, चैत १६ । तनहुँको दक्षिणी भेगमा पर्ने ऋषिङ गाउँपालिका वडा नं. १ र ३ जोड्ने दिउलीखोला मोटरेवल पुलको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेले आज एक समारोहका बिच शिलन्यास गरेका छन्।
त्यस अबसला बोल्दै मन्त्री आलेले विकासमा तनहुँको दक्षिणि बेल्ट पछाडी परेको चर्चा गर्दै दिउलीखोला पुल निर्माण भएपछि अब दमौली वा भिमाद हुदै ऋषिङ १ र ३ साथै देबघाट २ र ३ तथा नबलपुर जिल्ला सम्म गाडीमा यात्रा गर्न सहजता हुने बताए ।
कायक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पुल नहुँदा बर्खामा यहाँका हजारौं जनतालाई ठूलो सास्ती बेहोर्नु परेको चर्चा गर्दै पुल बनेपछि यसभेग आसपासका जनता लाभान्वित हुने बताए । उक्त मोटरेवल पुल निर्माणमा समपुरक बजेट अन्तर्गत प्रदेश र पालिका मार्फत करिब ४ करोड, यस आर्थिक वर्ष २०८०/०८१ का लागी १ करोड प्रथम चरण अन्तरगतको बजेट बिनियोजन भई काम सुरु गरिएको बताईएको छ ।