प्रहार समाचार । तनहुँ असाेज २६
व्यास नगरपालिका ५ ठूलोटारमा रहेकाे उदय माध्यामिक विद्यालयमा कक्षा १-५ मा अध्ययनरत ४५ जना आर्थिक रुपमा अतिविपन्न विद्यार्थिहरुलाई तयारी पाेशाक तथा न्यानाे कपडा वितरण गरिएकाे छ।
व्यास नगरपालिका वडा नं ५ निवासी हाल अमेरिकामा रहने सुशिला खनाल सुवेदी विष्णु पुन मगर, क्या म्यान बाट प्राप्त उक्त तयारी पाेशाक बिहिबार वितरण गरिएकाे हाे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र खनालकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने, वडा नं ५ का वडा अध्यक्ष एंव विद्यालय विष्णु कुमार श्रेष्ठ (हिमाल)ले संयुक्त रुपमा तयारि पाेशाक तथा न्यानाे कपडा वितरण गरेकाे विद्यालएले जनाएकाे छ।
53 Less than a minute