आस्था एउटा सगरमाथा हो
बिचार हाम्रो सिङ्गो धर्ती हो !
जिन्दगी एउटा अटुट संघर्ष हो
सहनशीलता सुसान्त समुन्द्र हो !
ढुङ्गामुडा र फोहरमैला पन्छाउदै यो
नथाक्ने अविश्रान्त प्रवाह हो !
नथाक्ने अविश्रान्त प्रवाह हो !! आरोह र अवरोह !
आँसु र हासो!
दुख अनि सुख !
पीडा अनि प्रफुल्लता!
मिलन अनि बिछोड!
प्यास अनि गाँस !
झुपडी संगको न्यानो बास !
प्रीयजनको आत्मिय सद्भाव !
सबै आउनेजाने जिन्दगीको नियम हो !
सबै आउनेजाने जिन्दगीको नियम हो !!
सबैका सुन्दर सपनाहरू बोक्दै
काडेघारीको यात्रा नै किन नहोस् !
समृध समाज समाजवादी समाज
निर्माणको यात्रामा क्षितिज पारी !
राता मान्छेहरुको सुनौलो बस्ती
अन्याय लाई फालेर न्यायको बत्ती !
त्यही हुनेछ मदनको जवज संजिवनी!
पूरा हुनेछ समृद्ध नेपाल सुखी नेपाली !!
पूरा हुनेछ समृद्ध नेपाल सुखी नेपाली !!व्यास-४ , तनहुँ ।