प्रहार समाचार । तनहुँ, पुस ७ शनिबार ।
व्यास नगरपालिका वडा नं. १ मा रहेको आदिकवि भानुभनुभक्त क्याम्पसमा शुक्रबार विकास वार्ता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष डा. जगदिश चन्द्र पोख्रेल र गण्डकी प्रदेशका निति तथा योजना आयोगका पुर्व उपाध्यक्ष डा.रघुराज काफ्लेको सहभागिता रहेको थियो ।
विविए कार्यक्रममा अध्ययनरत विद्यार्थिहरुको र विज्ञका विच क्याम्पस सभाकक्षमा आयोजना गरिएको वार्तामा विद्यार्थिहरुले समग्र मुलुक र जिल्लाको विकासको नीति, योजना र वजेटको अवस्था, चुनौति र सम्भावनाका वारेमा विज्ञहरुलाइ प्रश्न गरेका थिए
वार्ता कार्यक्रममा रोजगारिको कमि, विद्यार्थीको विदेश पलायन, युद्धभुमिमा संकटमा रहेका युवाहरु, राजनीतिक नेतृत्वको असफलता लगायतका विषयममा पनि खुलेर छलफल भएका थिए । दुवै जना विज्ञहरुले देशमा रहेका विकासका सम्भावनाका वारेमा बोल्दै युवा विद्यार्थीहरुलाइ अध्ययन, सिप आर्जन र अनुुसन्धानलाइ महत्व दिन सुझाएका थिए ।
व
सञ्चालक समितिका अध्यक्ष वुद्धिमान श्रेष्ठ र विविए क्लवका अध्यक्ष अमृता रानाभाटले विज्ञहरुलाइ कार्यक्रममा स्वागत गरेका थिए।
कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख सागर पौडेल, आन्तरिक गुणस्तर समिति प्रमुख विश्वेश्वर तिमल्सेना, विविए प्रमुख दिपा थापा लगायतको उपस्थिति रहेको सहायक प्राध्यापक विष्णु हड्खले बताए ।