हेडलाईनव्याससमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसमा अन्तरक्रिया एवं फेलोसिप कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, पुस १४ शनिबार ।
तनहुँको व्यास नगरपालिका वडा नं.- १ मा रहेको आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थीहरूको साझा संस्था बिबिए क्लाउडको आयोजनामा शुक्रबार अन्तरक्रिया एवं फेलोसिप कार्यक्रम सम्पन्न भएको छ।


त्यस अवसरमा क्याम्पसका पूर्व विद्यार्थी एवं व्यवसायी सुबोध वाग्लेले उद्यमशिलता र व्यावसायिक जीवनका अनुभवहरू व्यक्त गर्दै विद्यार्थीहरूले व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुरा, व्यवसायमा पुँजी र जनशक्तिको व्यवस्थापन र उत्पादनको बजारीकरणका बारेमा चर्चा गरे।  सो अवसरमा युवा अभियन्ता एवं क्याम्पस सञ्चालक समितिका सदस्य अपार पौडेलले विद्यार्थीहरुलाई पढाईसंगै उद्यमशीलतालाई कसरी लैजान सकिन्छ भन्ने उपायहरु सुझाएका थिए ।

 

अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, बिबिए कार्यक्रमका निर्देशक दीपा थापा, उपप्राध्यापक जनक काफ्ले, स्वतन्त्र विद्यार्थी युनियनका सचिव अनुप आले लगायतले मन्तव्य राखेका थिए । क्लाउडका सचिव एवं स्वतन्त्र विद्यार्थी युनियनका सदस्य सुस्मिता श्रेष्ठ , बीबीए तेस्रो सेमेस्टरका विद्यार्थी मोहम्मद नवादुल्ला र प्रसुना अधिकारीले लगायतले आ आफ्नो जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा बिबिए प्रथम सेमेस्टरमा नबागन्तुक विद्यार्थीहरूलाई उनिहरुको नाम अङ्कित नेमप्लेट ब्याज, खादा र फूलका गुच्छा प्रदान गरेर स्वागत गरिएको थियो । सो अन्तरक्रियामा सहायक क्याम्पस प्रमुखहरु द्वय डा. रामकुमार अधिकारी, सागर पौडेल आन्तरिक गुणस्तर समितिका प्रमुख विश्वेश्वर तिमल्सिना, मानविकी तथा समाजशास्त्र विभागका प्रमुख बिमल गिरी, विआइसिटिई कार्यक्रमका प्रमुख ई. घनबहादुर थापा, आदिकवि भानुभक्त माध्यमिक विद्यालयका प्राधानाध्यापक चिरञ्जीवी बस्नेत, बीबीए कार्यक्रममा अध्यापन गर्ने प्राध्यापक, कर्मचारी र बिबिएका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बिबिएमा अध्ययनरत विभिन्न सेमेस्टरका विद्यार्थीहरुले एकल तथा समूहगत नृत्य र गायन प्रस्तुत गरेको कार्यक्रम एवं क्लाउडका अध्यक्ष अमृता रानाभाटले बताईन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button