हेडलाईनव्याससमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसमा ‘अन्तर सङ्काय  हाजिरीजवाफ प्रतियोगिता’ सम्पन्न

• सुशील वि क ।( प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ, १४ मंसिर २०८१ शुक्रवार ।  तनहुँको व्यास व्यास नगरपालिका वडा नं. -१ , विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कलद्वारा  आज  ‘अन्तर सङ्काय  हाजिरीजवाफ प्रतियोगिता ‘ क्याम्पस सभा हलमा सम्पन्न भएको  छ ।

कार्यक्रमको उद्द्घाटन गर्दै सर्कलका प्रमुख संरक्षक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले हाजिरी जवाफ प्रतियोगिता क्याम्पसमा विगत देखि नै सर्कलद्वारा  संचालन हुँदै आएको चर्चा गर्दै यस्ता  कार्यक्रमहरुले विद्यार्थीहरुमा थप अध्यायन शिलताको बिकासमा टेवा पुग्ने  बताए ।

 

कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी, पूर्व क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे, अंगेजी विभाग प्रमुख बसन्त कंडेल, विज्ञान विभाग प्रमुख राजन घिमिरे, मानविकि विभाग प्रमुख विमल गिरी, उपप्रध्यापक/ कार्यक्रमका  क्वीज मास्ट जनक काफ्ले, प्रध्यापक तथा कर्मचारी, क्याम्पसका  स्ववियु पदाधिकारी तथा सदस्यहरु, विभिन्न विद्यार्थी क्ल्बका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।


प्रतियोगितामा सबै विद्यार्थी विषयगत क्लबका ७ समुहको सहभागीता रहेकाे थियो ।  प्रतियोगितामा व्यवस्थापन विद्यार्थी सर्कलका आशिष पौडेल, विपिसा वि.क. र मनिषा आलेको समूह प्रथम, एबीसी विज्ञान क्ल्बका यमन सिं थापा, सुधा थापा र प्रमिला अधिकारीको समूह द्धितीय  र विविए विद्यार्थी क्लबका अनुपा गिरी सदिक्षा अधिकारी र सुमित वाग्लेको समूह तृतीय भएका थिए । बिजेता टिमलाई  क्याम्पस प्रमुख  महाप्रसाद हड्खले, पूर्व क्याम्पस प्रमुख  श्रीकृष्ण न्यौपाने लगायतले संयुक्त रूपमा पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । सर्कलका द्धितिय उपाध्यक्ष नविन ढकालले स्वागत तथा सचिव सविना अधिकारीले सहजिकरण गरेको  कार्यक्रम सर्कलका अध्यक्ष अंकित तिवारीको सभापतित्वमा  सम्पन्न भएको थियो ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button