प्रहार समाचार । तनहुँ, फागुन १५ सोमवार ।आदिकवि भानुभक्त क्याम्पसको प्रतिनिधित्व गर्दै प्राध्यापकहरुको प्रतिनिधि मण्डल भारतको ग्वालियर शहरमा आयोजना हुने गोष्ठिमा सहभागी हुन भारतको ग्वालीयर शहर पुगेको छ।
प्रतिनिधि मण्डलले आईटीएम विश्वविद्यालय ग्वालियर अन्तर्गतको आधारभूत विज्ञान तथा मानविकी विभागले आयोजना गरेको ‘विकसित भारतका लागी दिगो भविश्य र नवप्रवर्धनका लागी विज्ञान’ विषयक २ दिने गोष्ठीमा सहभागीता जनाउने छ ।
उक्त गोष्ठी भारतको राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजना हुन लागेको । क्याम्पसको प्रतिनिधि मण्डलको नेतृत्व क्याम्पस प्रमुख महाप्रसाद हडखलेले गरेका छन्। प्रतिनिधि मण्डलमा क्याम्पसको विज्ञान तथा प्रविधि विभाग प्रमुख भौतिक शास्त्रका उप- प्राध्यापक राजन घिमिरे र सो विभागका सदस्य प्राणी तथा बनस्पति शास्त्रका उप-प्राध्यापक प्रकाश गैह्रे रहेका छन् । क्याम्पस प्रमुख हड्खले उक्त गोष्ठीको अन्तर्राष्ट्रिय सल्लाहकार हुन् ।क्याम्पसबाट सहभागी दुवै प्राध्यापकहरूले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। गोष्ठीमा भारतका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थानमा आबद्ध प्राध्यापकहरूका १ सय भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुने कार्यक्रम तय भएको छ। आदिकवि भानुभक्त क्याम्पस र आइटीएम ग्वालियर बीच गत २३ जनवरीमा शैक्षिक र शोध तथा अनुसन्धानका क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो। सोही बमोजिम आइटिएमको निमन्त्रणामा क्याम्पसको प्रतिनिधि मण्डल ग्वालियर पुगेको क्याम्पस संञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले प्रहार समाचारलाई बताए ।