प्रहार समाचार । तनहुँ, माघ २५ बिहिवार । तनहुँको व्यास नगरपालिका वडा नं- १ विज्ञानचौरमा रहेको आदिकदि भानुभक्त क्याम्पस देखि प्रसिद्ध धार्मिक तिर्थस्थल छाब्दी बाराही सम्म मिनि म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता आदिकवि भानुभक्त क्याम्पस र छाब्दी बाराही विकास कोष, व्यास-१४ तथा रजवाम युवा क्लब छाब्दीको सह आयोजनामा हुन लागेको क्याम्पसले जनाएको छ।
छाब्दि बाराही मन्दिरको प्रचारप्रसार गरी उक्त क्षेत्रमामा आन्तरिक, बाह्य एवं धार्मिक पर्यटनलाई विस्तार गर्न तथा युवाहरूलाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले मिनि म्याराथन दौडको आयोजना गर्न लागिएको वयाम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।
क्याम्पसको वार्षिक खेलकुद कार्यक्रम-२०८० को कार्य तालिका अन्तर्गत सो प्रतियोगिता हुन लागेको हो।
बुधबार साँझ छब्दिमा उक्त म्याराथन दौडको आयोजनाको लागी प्रारम्भिक तयारी बैठक सम्पन्न भएको छ। बैठक व्यास नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा बसेको थियो। बैठकमा क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हद्खले, प्राध्यापकद्वय धन बहादुर थापा र बुद्ध कुमार श्रेष्ठ, छाब्दी विकास कोषका अध्यक्ष थान बहादुर थापा, उपाध्यक्ष दुर्गाबहादुर थापा, छाब्दी बाराहि आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद कँडेल, रजबाम युवा क्लबका अध्यक्ष कृष्ण बहादुर आले र क्लवका सदस्य भेषबहादुर आलेको उपस्थिति रहेको थियो।
प्रतियोगिता प्रजातन्त्र दिवस सप्ताहको अवसरमा फागुन १ गते आयोजना गरिने र तनहुँ जिल्लाभरका क्याम्पस र विद्यालयका विद्यार्थीहरूले खुला प्रतिस्पर्धा गर्न पाउने छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावक विद्यार्थीहरुलाई १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ।