हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

आदिकवि भानुभक्त क्याम्पसमा प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सपन्न

प्रहार समाचार । तनहुँ, चैत २५ । तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाऊँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा एक दिने प्राथमिक उपचार तालिम  प्रशिक्षण कार्यक्रम शनिवार सपन्न भएको छ ।

युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजना भएको कार्यक्रममा बोल्दै जिल्ला सम्मन्वय समिति तनहुँका प्रमुख  शान्तिरमण वाग्ले घटना दुर्घटना अचानक हुने भएकाले त्यसबाट हुने क्षतिको जोखिम कम गर्न यस्ता तालिम सहायक सिद्ध हुने बताए ।

कार्यक्रममा संचालक समितिका अध्यक्ष बुद्धिमानले विद्यार्थीहरुलाई यस्ता तालिम जिवन उपयोगी हुने बताए । कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका मन्त्री सूर्यचन्द्र हड्खले,  सहायक क्याम्पस प्रमुख सागर पौडेल ,  युरेस आदिकवि उपाध्यक्ष पुष्प पण्डित, नेरेसो तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी, नेरेसो तनहुँ सदस्य सुमन थापा, शिक्षक नायक रुपक श्रेष्ठ,  स्ववियु सचिव अनुप आले मगर, भगवतीपुर उपशाखाका सभापति मिन बहादुर कार्की, प्रशिक्षक नवराज भण्डारी, कमला काफ्ले, नेरेसो तनहुँ जिल्ला शाखा अधिकृत इमनाथ भट्ट लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रशिक्षण कार्यक्रममा क्याम्पसमा दर्ता भएका विभिन्न विद्यार्थी विषयगत तथा समाजिक क्लबका प्रतिनिधि, युवा रेडक्रस सर्कल , आदिकवि भानुभक्त क्याम्पसको र्वतमान पदाधिकारी एवं सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । तालिममा सहभागी ३० जनालाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम युवा रेडक्रस सर्कल आदिकविका अध्यक्ष सुमन खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button