प्रहार समाचार । तनहुँ, मंसीर ७ बिहिबार ।
आज हरिबोधिनी एकादशी देशैभर विभिन्न धार्मीक कार्यहरू गरेर मनाइँदै छ । चौबीसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा मान्ने आजको दिनलाई ठूलो एकादशीका नामले पनि चिनिन्छ । यसै दिनबाट चतुर्मास पूरा हुन्छ ।
हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने दिनका रूपमा लिइन्छ । एकादशीको दिन अन्न ग्रहण गर्नुलाई पाप मानिएको छ । हरिशयनी एकादशीको दिनबाट भगवान विष्णु सुत्ने, हरिपरिवर्तनी एकादशीका दिन कोल्टो फेर्ने र हरिबोधनी एकादशीका दिन जागा हुने विश्वास गरिन्छ ।
भविष्य पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुन्छ । यसैअनुसार हिन्दू धर्मावलम्बीहरूले बिहानै नुवाईधुवाई गरी व्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्छन् ।
हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्दछ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानिलकण्ठका साथै उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्दछन् ।
अन्य नदीहरूमा पनि फूल तार्ने काम हुन्छ । ती सबै स्थानमा थुप्रै संख्यामा मानिसहरू भेला भएर नुहाउने, भजनकीर्तन गर्ने त
हरिबोधिनी एकादशीलाई एक वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा मान्ने लौकिक परम्परा छ ।
चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिनमा मठ सिंगारेर विशेष पूजा गरिन्छ । हरिबोधनी एकादशीको दिनमा प्रसादको रूपमा विशेषगरि सखरखण्ड, पिँडालु, बदाम, अमला, केरा आदि कन्दमुल र फलफूलको भोग लगाइन्छ, भगवानलाई चढाइन्छ र प्रसादका रूपमा सेवन गरिन्छ । यस दिनमा बेलुका समेत अन्न खाइँदैन ।