हेडलाईनसमाचारसबै प्रदेश

आज वर्षकै पहिलो र अन्तिम खण्डग्रास चन्द्रगहण : सुतक दिउँसो ४ बजेदेखि सुरु

प्रहार समाचार । तनहुँ ,कार्तिक १० शनिवार ।
आज आश्विन शुक्ल पूर्णिमाका दिन यो वर्षकै पहिलो र अन्तिम  खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेदेखि सुरु हुनेछ।
राति २बजेर ३८ मिनटमा ग्रहणको मोक्ष समाप्त हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए।


चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ।

 

पृथ्वी,  चन्द्रमा र सूर्य एउटा सीधा रेखामा पुग्दा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्था नै चन्द्र ग्रहण हो चन्द्रग्रहण खग्रास र खण्डग्रासगरी दुई किसिमका हुन्छन्। चन्द्रमाको कुनै पनि प्रकाश पृथ्वीमा आउन नसक्नेगरी छाया पर्नुलाई खग्रास चन्द्रग्रहण भनिन्छ। त्यस्तो अवस्थामा “चन्द्रमा सुन्तला र गुलाबी रङ मिश्रित देखिन्छ।” त्यस्तो देखिने चन्द्रमालाई रक्तिम वा ब्लड मून भनिन्छ।

त्यस्तै चन्द्रमाको केही खण्डमा मात्र पृथ्वीको छाया पर्दा खण्डग्रास चन्द्रग्रहण लाग्छ। यस किसिमको ग्रहण लाग्दा छायाको आकारका आधारमा ग्रहण परेको ठाउँमा चन्द्रमाको सतह गाढा रातो, खियाको जस्तो वा खरानी रङ्गको देखिन्छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button