प्रहार समाचार । काठमाडौँ २४ असार २०८१ । देशका चारवटा प्रदेशमा सोमवार बिहानैदेखि वर्षा भइरहेको छ । बागमती, सुदूरपश्चिम, गण्डकी र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र न्यून चापीय रेखा दक्षिणतिर सरेको पाइएको छ । आज बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णालीका एक–दुई स्थानमा बिहान देखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
सबै प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाबाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसै गरि आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसका साथै आज कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । भारी वर्षा हुने पूर्वानुमान भएसँगै नदि तटिय क्षेत्रका बासिन्दहरुलाई सतर्क रहन सबै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।