हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आज देशका धेरै भागमा वर्षा

प्रहार समाचार । काठमाडौँ, चैत १५ ।नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको कारण गए रातीदेखि नै देशका धेरै भागमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

 

कोशी, बागमती र गण्डकी   कोशी, बागमती र गण्डकी प्रदेशका धेरै भूभागमा पनि हिंजो रातिदेखिनै पानी परिरहेको छ भने केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button