हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आज गण्डकी प्रदेशमा धेरै ठूलो पानी पर्ने सम्भावना

प्रहार समाचार । काठमाडौ । १५ असार २०८१ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। आज दिउँसो चार प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button