हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा

प्रहार समाचार । काठमाडौँ ८ साउन २०८१ मङ्गलबार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रातिदेखि वर्षा भइरहेको छ ।

भारी वर्षाका कारण  नदीमा जलसतह बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । 

 

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित नियमित बुलेटिनमा उल्लेख छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button