प्रहार समाचार । काठमाडौँ, १३ असार २०८१ । हाल देशभर मनसुनी वायुको प्रभाव छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानसँगै कोशी, बागमती र लुम्बिनीका एक-दुई स्थानमा बिहानेदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले गर्दा आज दिउँसो देशभर वर्षाको सम्भावना रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहने छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा को नियमित बुलेटिनमा उल्लेख छ ।