हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : पाँच प्रदेशमा भारी बर्षा हुने

प्रहार समाचार । काठमाडौँ २० असार २०८१ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जस्का कारण आज देशभरको मौसम साधारणतया बदली रहने छ । पाँच प्रदेशमा भारी वर्षा हुने छ भने कोशी,  बागमती,  लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले विहानै देखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशैभर मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ ।

 

आज राति पनि देशैभरका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  राति पनि कोशी,  गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । 

कोशी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button