हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : दुई प्रदेशमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ १२ साउन २०८१ शनिवार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले विहानै देखि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको क छ ।  

आज दिउँसो देशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी  वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ । 

 


आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ । 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button