प्रहार समाचार । काठमाडौँ, बैशाख २१ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ । अहिलेको समय भनेको प्रि–मनसुनको अवधि हो ।
प्रि- मनसुनको अवधि भएतापनि छिट्टै पानी भने नपर्ने भएको छ। पानी नपरेकै कारण तराईका धेरै स्थानमा अत्याधिक गर्मीका कारण जनजिवन समेत प्रभावित हुन पुगेको छ। तराई क्षेत्रका विद्यालयहरु अत्याधिक गर्मीकै कारण विदा गरिएको छ। वातावरण दिन प्रतिदिन प्रदुषित बन्दै गएको छ। ३ सय ५० बढि स्थानका जङ्गलमा लागेको आगो हालसम्प पनि निम्न सकेको छैन ।
आज राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।