आँबुखैरेनी गाउँपालिकाहेडलाईनसमाचारगण्डकी

आँबुखैरेनी पालिकाको उदाहरणीय कार्य : विपन्न चेपाङ विद्यार्थीलाई अध्यायन खर्च

प्रहार समाचार । तनहुँ, जेठ १४ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले  दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च प्रदान गरेर उदाहरणीय कार्य गरेको छ ।

विपन्न विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव  चेपाङलाई मासिक पाँच हजारका दरले अध्ययन खर्च प्रदान गरिएको पालिकाका अध्यक्ष शुक्र चुमानले प्रहार समाचारलाई बताए ।

आँबुखैरेनी स्थित रामशाह माध्यमिक विद्यालयमा  कक्षा ९ मा अध्यायनरत अमृत चेपाङ र कक्षा ११ मा पढ्ने सञ्जीव चेपाङलाई उक्त रकम एक कार्यक्रमका बिच प्रदान गरिएको थियो । अमृतलाई दोस्रो र तेस्रो किस्ताबापत मङ्सिरदेखि असारसम्म आठ महिनाको ४० हजार तथा सञ्जीवलाई यही शैक्षिक सत्रको वैशाखदेखि असारसम्म तीन महिनाको पन्ध्र हजारको चेक हस्तान्तरण गरिएको हो ।

 

पालिकाले विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवासबापत मासिक पाँच हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ । यस्तो उदाहरणीय कार्यको अनुशरण अन्य पालिकालेपनि गर्न जरूरी देखिन्छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button