प्रहार समाचार | तनहुँ, मंसिर २ शनिबार । तनहुँको आँबुखैरेनी गाउँपालिका शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने ६ जना कर्मचारीहरु सम्मानित भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पालिकाका अध्यक्ष शुक्र चुमानले शुक्रबार आँबुखैरेनी अस्पतालको उद्घाटनपछि कर्मचारीहरुलाई दोसल्ला ओढाई सम्मानपत्रका साथ सम्मान गरेका हुन् ।
सम्मानित हुने कर्मचारीहरुमा प्रशासन शाखा प्रमुख नारायणप्रसाद ढकाल, लेखा प्रमुख नारायण ढकाल, शिक्षा अधिकृत निर्मला कुँवर, आँबुखैरेनी अस्पतालका मेडिकल अधिकृत डा.अविनाशकुमार रौनियार, जनस्वास्थ्य निरीक्षक मुकेशकुमार शाह र ल्याब टेक्निसियन अमृत पण्डितलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।कर्मचारीको काम र योगदानको मूल्याङ्कन गर्दै प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिका प्रमुखप्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।