आँबुखैरेनी गाउँपालिकाहेडलाईनसमाचारगण्डकीविजनेसमनोरञ्जन

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु : मन्त्री चुमानले गरे उद्घाटन

प्रहार समाचार । तनहुँ बैशाख २ । तनहुँकोआँबुखैरेनी गाउँपालिका अन्तरगत पर्ने मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु गरिएको गरिएको छ। पालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको हो ।

मोटरबोटको आज गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरि बहादुर चुमानले विधिवत् रूपमा उद्घाटन गर्दै विभिन्न अप्ठ्यारो छिचोल्दै मोटरबोट सन्चालन गर्नमा सफल भएकोमा खुसी प्रकट गरे । उनले भने ‘ आँबुखैरेनीको पर्यटन प्रवर्धनमा यस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ’ । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा पालिकाहरु अग्रसर हुनुपर्नेमा मन्त्री चुमनले जोड दिए ।
पालिकाका अध्यक्ष शुक्र चुमानले मोटरबोट सञ्चालन संगै पालिकालाई आत्मनिभिर बनाउँदै पर्यटन प्रबर्धन संगै रोजगारी सृजना हुने बताए ।

मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि  मोटरबोटको व्यवसायिक  सञ्चालन गरेको  बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले जानकारी दिए ।

 

ढकालकाअनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो ।  कम्पनीले थप लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ ।
मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २ सय ५० ,  १० देखि १२ मिनेटको लागि ५ सय  र सय अनुसार १५ देखि २० एक हजार रुपैयाँ सम्म शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button