हेडलाईनसमाचारसबै प्रदेशप्रवास

अहिलेको एनआरएनले विदेशमा रहेका नेपालीको सही प्रतिनिधित्व गर्दैन !

विगत कैयन वर्षदेखि गैह्रआवासीय नेपालीको वास्तविक प्रतिनिधित्वका वारेमा प्रश्न उठिरहेको पृष्ठभूमी र दुई दुई वर्षमा काठमाण्डौंमा हुने अधिवेशन/सम्मेलन/जमघट तथा त्यहाँबाट घोषणा गरिने सिण्डीकेटेड पदाधीकारी र बन्ने/बनाइने समितिले सन्सारभर छरीएका नेपाली आप्रवासीको प्रतिनिधित्व सही गर्दैनन ।
     विश्वभरका देशहरुमा वर्षौंदेखि बिभिन्न इलम, अध्ययन, पेसा र ब्यवसायका शिलशिलामा रहेका लाखौं नेपालीको मातृभूमीप्रतिको माया, सद्भाव र सहयोगलाई दलीयकरण,  ब्यापारीकरण र नगदीकरण गर्ने एनआरएनए भन्ने संगठन्, त्यसका मतियार र स्वघोषित नेतागणप्रति घोर आपत्ती जनाउदै उक्त संस्था प्रति नेपाल सरकार एवं थरिथरी राजनितिक दल, ब्यापारिहरुको स्वार्थी अभिष्टप्रति दुख प्रकट गर्दछौं ।
     चाहे उत्तर अमेरिका, युरोप, अष्ट्रेलीया, मध्यपूर्व, अफ्रीका वा एसीयाली मुलुकमा रहेका नेपालीमूलका आप्रवासीहरु मध्य दुई प्रतिसतले पनि स्वेच्छाले सदस्यता नलिएको एनआरएनए को वास्तबिकता हो । यस्को सदस्य,  उम्मेद्वार बन्ने/बनाउने, जित्ने/जिताउने,  यावत कर्महरु अपारदर्शी मात्रै होइन कि निर्वाचन को प्रकृया नै खरिदबिक्री र लीलामी हुने गरेको सार्वजनिक भैरहन्छ । मुद्धा-मामीला,  घिनलाग्दा गतिबिधिहरु निरन्तर चर्चाका विषय भैरहन्छन । यस संस्थाको प्रादुर्भाव नै अपारदर्शी र कतिपयको अबैध कर्मलाई बैधता दिलाउन भएको देखिदै आएको अहिले सरोकारवालाहरुलाई स्पष्ट हुँदैछ ।  त्यसकै चपेटामा गैरआवासीय नेपाली नागरिकता समेत परेको छ ।
     एनआरएनएका नाममा केहीले गर्ने चटक ,   नैतिकताबिहिन र लाज लाग्ने गतिबिधीहरुले अधिकांश आप्रवासी नेपालीको प्रतिष्ठा र साखमा धक्का पुग्ने काम भएकोले, हाम्रो चासो र चिन्ता अभिब्यक्त गरेका हौं । विदेशमा नेपाली मूलका आप्रवासीका नाममा दलीय झण्डा,  दलीय भाषा,  दलीय भक्ती र ब्यक्ती विशेषहरुको साथै केही ब्यापारीको सेवा गर्ने,  नेपालीहरु बिचमै फाटो र झगडा गराउने यस्तो एनआरएनए, यस्तो संरचना र खेलोमेलो आप्रवासी नेपालीको चाहना होइन । बिदेशमा रहेका नेपाली र नेपालका बिचको संबन्ध बारेमा जुन भाष्य निर्माण गर्न खोजिदै छ, साथै देश भित्र र बाहिरका नेपाली नेपाली बिचको भ्रातृत्व र भावनामा खेलबाड गर्ने र आपसमा बिभाजन गराउने किसिमका गतिबिधिहरु प्रति चनाखो रहन सबै नेपालीलाई आग्रह गर्दछौं । बलियो नेपाल,  एकिकृत नेपाली,  आप्रवासी नेपालीको परिष्कृत सहकार्य – हाम्रो आह्वान हो । धन्यवाद,                                                                                                                                  अक्टोबर २०२३ 
तपशील :                                                      
सुरेन्द्र राज देवकोटा ( पीएचडी ) अमेरिका,
राजेन्द्र ब. राउत ( अमेरिका),
रमेश पन्त, पीएचडी, अमेरिका
सुमन पराजुली, पीएचडी, अमेरिका
आमोद पोख्रेल, पीएचडी, अमेरिका
महेश भण्डारी, पीएचडी, अष्ट्रेलीया
घनश्याम भट्ट, पीएचडी, अमेरिका
तरुण पौडेल,  अमेरिका

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button