• विजय अधिकारी/ लमजुङ २२ असार २०८१ ।शुक्रबार देखि परेको अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध हुन पुगेको छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर ५ खहरेमा रहेकोे खहरे खोलामा आएको बाढीले सडक भत्काउदा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
खोलामा आएको बाढीले सडक खोतलेर गहिरो बनाए पछी यातायात अबरुद्ध भएको हो । उक्त खहरे खोलामा निर्माणाधिन मोटरेवल पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीको कारण लोकमार्ग अबरुद्ध भएको हो । यस लोकमार्ग हुदै काठमाडौ , पोखरा , चितवन लगाएतका विभिन्न ठाउँहरुमा यात्रा गर्ने यात्रुहरु बिहानै देखि अलपत्र परेका छन ।