प्रहार समाचार । काठमाडौ, चैत २ शुक्रवार । गृहमन्त्री रवि लामिछानेले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताएका छन् ।
७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन विहिवार भर्जुअल माध्यमबाट निर्देशन दिंदै लामिछानेले उक्त कुरा बताएका हुन्। उनले भने ‘तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण हुनु पर्छ , मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस हुनेगरि नागरिकले भोलि नै अनुभूति गर्नु पाउनु पर्छ’। गर्नुपर्छ’ ।
उनले सरुवा–बढुवाका लागि दबाब दिने तथा गल्ती गर्दा बचाउन सिफारिस गर्ने विद्यमान प्रवृत्ति कुनै पनि हालतमा स्वीकार नहुने बताउँदै गृह मन्त्री लामिछानेले ‘अमुक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहीँ कारबाही गर्छु’, उनले भने। उनले दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिनेगरी काम गर्न निर्देश गरे।