हेडलाईनसमाचारसबै प्रदेश

अन्तर्राष्ट्रिय श्रमिक दिवस आज  : विभिन्न कार्यक्रमका साथ मनाइँदै

प्रहार समाचार । काठमाडौँ, बैशाख, १९ । अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमका साथ विश्वभर आज मनाइँदै छ। यस वर्ष ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विश्वभर श्रमिक दिवस मनाइँदै छ।

दिवसलाई विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा लिइन्छ।  

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ।

 

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।
सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो। तनहुँको सहरमुकाम दमौलीमा आज पञ्चेबाजाका साथ बजार परिक्रमा पछि सभाको आयोजना गरि मनाइने नेपाल ट्रेड यूनियन कांग्रेस तनहुँका अध्यक्ष कृष्ण बहादुर केशीले बताए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button